JIN0TkF.gif
JINuGe4.gif

नारायणीमा पानीको बहाव बढ्यो: गण्डक ब्यारेजका ३६ वटै ढोका खुल्ला

चितवन– नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ ।

ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि ब्यारेज पुरानो भईसकेकाले सतर्कता अपनाइएको बताइएको छ ।

नारायणगढ पुलमै पानीको सतहले खतराको तह पार गरेको छ । नारायणी पुलमुनि पानीको सतह ११ मिटर पुगेपछि चेतावनीको तह मान्ने गरिएकोमा पानीको सतह ११ दशमलव १५ मिटर पुगेको छ ।

नारायणीमा पानीको सतह निकै माथि पुगेपछि चितनव, नवलपुर र नवलपरासी जिल्ला प्रशासनले सूचना जारी गर्दै सचेत रहन आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000