JIN0TkF.gif
JINuGe4.gif

नारायणगढको “हङ्ग्री टम रेस्ट्रोलाई एक लाख जरिवाना

भरतपुर चितवन – रेस्टुरेन्टको खाजा खाएर बिरामी भएपछि सिल गरिएको हङ्ग्री टम रेस्ट्रो एण्ड बारलाई एक लाख रूपैयाँ जरिवाना गरिएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रशासन कार्यालय चितवनले एक लाख रूपैयाँ जरिवाना तिराएको हो । नारायणगढको पुलचोकस्थित उक्त रेस्टुरेन्टको खाजा खाएर नौ जनाभन्दा बढी बिरामी भई उपचारका लागि अस्पताल भर्ना हुनु परेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार रेस्टुरेन्ट सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ ।

‘हङ्ग्री टम रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐनअनुसार एक लाख रूपैयाँ जरिवाना तोकिएको छ’, उनले भने । त्यस्तै, रेस्टुुरेन्टको खाजा खाएर बिरामी भएकाहरुलाई उपचार गर्दा लागेको खर्च दिने विषयमा पनि रेस्टुरेन्ट सञ्चालकसँग कबुलियतनामा भएको छ ।

खाजा खाएर बिरामी भएको उजुरी प्राप्त भएपछि संयुक्त अनुगमन टोलीले सोमबार साँझ रेस्टुरेन्टको अनुगमन गरी किचन सिल गरेको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बुधबार रेस्टुरेन्ट सञ्चालक विमल रिजालसँग बयान लिएका थिए । बयान लिएपछि रेस्टुरेन्टको किचन एक हप्ताभित्र सुधार गर्न निर्देशन दिएको प्रजिअ थापाले जानकारी दिए । ‘सात दिनभित्र किचनमा सुधार गरी पूर्वाधार तयार गर्न निर्देशन भएको छ । त्यसपछि हामीले अनुगमन गरी सुधार भएको पाइए रेस्टुरेन्ट सञ्चालन गर्न आदेश दिन्छौँ’, उनले भने ।

रेस्टुरेन्टको सोमबार अनुगमन गर्दा किचनमा प्रयोग भइरहेको तेल न्यून गुणस्तरको र फ्रिजभित्रको चिस्यान मापदण्डअनुसार नभएको पाइएको थियो । त्यस्तै, किचनभित्रको सरसफाइ र पानी ट्याङ्कीको सफाइ सन्तोषजनक नभएको भेटिएको थियो । ‘रेस्टुरेन्ट सञ्चालकले सात दिनभित्र सुधार गर्छु र पीडित पक्षलाई बिलअनुसारको क्षतिपूर्ति दिन्छु भन्नुभएको छ । त्यसको कबुलियतनामा गराइएको छ’, उनले भने ।

गुणस्तरीय खाना तथा सेवा प्रदान गरौँ : संघ

होटल व्यवसायी संघ चितवनले बुधबार एक विज्ञप्ति जारी गरी रेस्टुरेन्टको खानाले फुड पोइजन भई सात जना बिरामी भएको भन्ने समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खाना तथा सेवा प्रदान गर्न पनि संघले व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)द्वारा हस्ताक्षरित विज्ञप्तिमा गर्मीको समयमा विशेष सचेतना अपनाई गुणस्तरीय खाना उपलब्ध गराउन अनुरोध गरिएको छ ।

‘हामी सम्पूर्ण होटल व्यवसायीहरुले स्वच्छ, सफा खाना तथा स्तरीय सेवा प्रदान गर्नु हाम्रो कर्तव्य हो । हामीले बनाएका खाना अस्वस्थकर हुने, लामो समयसम्म एउटै तेल प्रयोग गर्ने, फ्रिजमा राखिएका सामान उचित तापक्रममा राख्नेजस्ता कार्यबाट बनाएका खानाहरु अस्वस्थ हुन्छ । जसको कारण हाम्रा ग्राहकहरु बिरामी हुन सक्छन् । त्यसैले, समयमा नै सम्पूर्ण व्यवसायीहरु सचेत भई गुणस्तरीय खाना उपलब्ध गराउन अनुरोध गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

What’s your Reaction?
+1
67
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000