JIN0TkF.gif
JINuGe4.gif

नवलपरासीमा भालुको आक्रमणबाट एक महिला घाइते

चितवन –  पश्चिम नवलपरासीमा जंगली जनावर भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार भालुको आक्रमणबाट बर्दघाट नगरपालिका- २ संसारकोट बस्ने ओमबहादुर खाम्चाकी श्रीमती २५ वर्षीया खिममाया खाम्चा घाइते भएका हुन्।

घरदेखि २ किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निगुरो टिप्न जाँदा आज दिउँसो साढे १ बजेतिर भालुले आक्रमण गरेको हो।

घाइते खिममायाको चिसापानी अस्पताल चिसापानी बर्दघाटमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ।

What’s your Reaction?
+1
8
+1
0
+1
18
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000