JIN0TkF.gif
JINuGe4.gif

नक्कली सुनका गहना दिएर ठगी गर्ने महिला पक्राउ

बागलुङ –  बागलुङमा नक्कली सुनका गहना दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मिना केसी खड्कालाई बुधबार पक्राउ गरेको हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मिनाले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा पैसा आवश्यक परेका भन्दै आफूसँग भएको गरगहनाहरू दिएर सोही ठाउँका सूर्यबहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए।

मिनाले फेरी पनि पैसा आवश्यक परेको भन्दै २०७९ फागुनमा थप गरगहना राखेर दुई लाख रुपैयाँ सापटी दिन सूर्यसँग माग गरेकी थिइन। पटक पटक गहना दिँदै रकम मागेपछि खड्काले सुनका गहना नहुन सक्ने अनुमान गर्दै १८ लाख रुपैयाँ दिने बेलासम्मका गहनाहरूसहित थप दुई लाख रुपैयाँ माग्ने बेलासम्मका गहनाहरू सुनचाँदी पसलमा जाँच गराउँदा नक्कली भएको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए।

उजुरीका आधारमा मिनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले बताए। उनले बागलुङ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

बागलुङ प्रहरीले सुनका गरगहनाहरू भनी नक्कली गरगहनाहरू देखाई रकम ठगी गर्ने व्यक्तिबाट जोगिनका लागि अनुरोध गर्दै बिलको लेनदेनबिना गरगहनाको कारोबार नगर्न तथा सुनको नाममा ठगी गरेको शङ्का लागेमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000