JIN0TkF.gif
JINuGe4.gif

नक्कली भिसामा बिदेश हिडेका ५७ जना एकैदिन बिमानस्थलबाट फर्काइए

चितवन –   खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन् ।

मंगलबार नक्कली भिसामा कुवेत जान लागेका केही महिलालाई अध्यागमन विभागले फर्काइदिएको छ । उनीहरूको भिसा नै नक्कली रहेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए । ‘वैैदेशिक रोजगार कार्यालयका साथीहरूसँग नक्कली भिसा हेर्ने सिस्टम नभएर पनि यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘यस विषयमा हामीले छानबिनका लागि पत्राचार गरेका छौँ ।’ यसमा मेनपावर कम्पनीको समेत मिलेमतो देखिएको छ । खाडी देशमा महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध भएकाले यसरी नक्कली श्रम भिसामा पठाई मानवतस्करी हुने गरेको हो ।

अध्यागमनले मंगलबार मात्र खाडी जान लागेका ५७ जनालाई फर्काइदिएको छ । प्रहरीले अध्यागमन अधिकृतसहितका गिरोहलाई पक्राउ गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या पनि घटेको छ ।

What’s your Reaction?
+1
42
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000