JIN0TkF.gif
JINuGe4.gif

धड्कन फिल्मको सिक्वेल बन्ने

चितवन –   अक्ष्य कुमार, सुनिल सेट्टी र शिल्पा शेट्टी अभिनित बलिउड फिल्म धड्कनको सिक्वेल बन्ने भएको छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सन् २००० मा रिलिज भएको यो फिल्म सुपरहिट बनेको थियो। नदीम श्रोणको संगीतले यस फिल्मलाई सदाबहादर बनाएको थियो। जुन संगीत आज पनि श्रोताहरूमाझ छाप छोड्न सफल भएको छ।

धड्कनका निर्देशक धर्मेश दर्शनले सिक्वेल बनाउने तयारी गरेका छन्। ‘धेरैले मलाई कहिले निर्देशनमा फिर्ता आउनुहुन्छ भनेर सोध्छन्। राजा हिन्दुस्तानीपछि धेरैले मलाई धड्कनबाट चिन्ने गर्छन्। के म धड्कनको सिक्वेल बनाउँ,’ बलिउड हंगामासँग उनले भनेका छन्।

उनले धड्कनका निर्मातासमेत रहेका रतन जैनले सिक्वेल बनाउनका लागि प्रस्ताव गरेको खुलाए। ‘उहाँले एक दसकदेखि मलाई सिक्वेल बनाउन प्रस्ताव गरिरहनुभएको छ। धेरैले मलाई धड्कन क्लासिक फिल्म भएको बताउँछन्। त्यही भएर पनि सिक्वेल बनाउनेबारे सोचिरहेको छु,’ उनले भनेका छन्।

उनले गदर २ को सफलतापछि आफूलाई पुनः सिक्वेलको लागि प्रस्ताव आएको र धड्कन २ बन्दा राम्रै हुने प्रतिक्रिया दिएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000