JIN0TkF.gif
JINuGe4.gif

दुर्गा प्रसाईका समर्थकद्वारा नवलपुरमा प्रदर्शन

चितवन –  राष्ट्र , राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका केन्द्रिय अध्यक्ष  दुर्गा प्रसाइलाई कालो मोसो दलेको बिरोधमा उनका समर्थकले नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन। राष्ट्र , राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान नवलपुरको आयोजनामा  बुधबार कावासोतीको फ्लिमहलचोक, सभापती चोक नगरपालिकाको कार्यालय हुँदै  फलफुल चोकसम्म र्याली प्रदर्शन गरिएको  थियो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

 

अभियानकर्ताले र्यालीपछी फलफुलचोकमै कोण सभाको आयोजना गरी देश बेच्न पाइदैन भ्रष्टाचारी चाहिदैन ,दुर्गा प्रसाईं जिन्दाबाद, लघुबित्त संस्था खारेज गर जस्ता नारा लगाएका थिए।देशमा भ्रष्टाचार बढ्दै गइरहेको अवस्थामा केन्द्रिय अध्यक्षले भ्रष्टाचारकै लागि आवाज उठाउदा  युवा संघले गरेको ज्यादतीको बिरुद्द सडकमा आउन बाध्य भएको अभियानका जिल्ला संयोजक प्रदिप कुमार बस्नेतले बताएका छन। प्रसाइलाई सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गरेर होटलबाट बाहिर निस्कदै गर्दा बिबादास्पद अभिव्यक्ति दिएको भन्दै केही समुहले कालोमोसो दलेका थिए।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000