JIN0TkF.gif
JINuGe4.gif

दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

चितवन  –  बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले राेकेकाे थियाे । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे हाे । प्रहरीले उनीहरूमाथि पानीकाे फाेहरासमेत प्रहार गरेकाे छ ।

प्रहरीले अहिले प्रदर्शनकारीलाई बल्खुमै राेकेकाे छ। आजकाे विराेध प्रदर्शनका लागि काठमाण्डाै जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र नेकपा एमाले निकट युवा सङ्घलाई तीनकुने ताेकेकाे छ ।

यसअघि बल्खुमा दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा सङ्घका कार्यकर्ताबीच झडप भएकाे थियाे । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको थियाे ।

What’s your Reaction?
+1
23
+1
4
+1
13
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000