JIN0TkF.gif
JINuGe4.gif

त्रिशुलीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु

चितवन –  धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानियबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् ।

सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

What’s your Reaction?
+1
23
+1
0
+1
42
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000