JIN0TkF.gif
JINuGe4.gif

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

काठमाण्डाै –   पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन थालेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरेका छन् । आज र भोलि कार्गो जाँचपास शाखामार्फत् हुने निकासी तथा पैठारीको काम बन्द गर्ने उनीहरुको कार्यक्रम छ ।

पर्सि २७ गतेभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने कर्मचारीले पेस गरेको मागपत्रमा उल्लेख छ । मागपत्र र विरोधका कार्यक्रमबारे उनीहरुले विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी गराएका छन् ।

विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने गरिएको उनीहरुको आरोप छ । कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको भनाइ छ । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले यसअघि सामूहिक सरुवाको माग गर्दै निवेदन पनि दिएका थिए ।

कार्यस्थलमा डर त्रास विना, निर्भिक रुपमा उच्च मनोबलका साथ काम वातावरण हुनुपर्ने तथा अनुसन्धान गर्ने विभिन्न निकायले विना प्रमाण, पक्राउ पुर्जी अनुमति नलिइ कर्मचारीहरुलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य अविलम्ब बन्द हुनुपर्ने पनि उनीहरुको माग छ । प्रहरीले विना प्रमाण केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा लिएको उनीहरुको आरोप छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000