JIN0TkF.gif
JINuGe4.gif

तत्काल २० प्रकारका औषधि उत्पादन सुरू गर्न प्रधानमन्त्रीद्वारा निर्देशन

चितवन –   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले तत्काल २० प्रकारका औषधि उत्पादनको काम थाल्न नेपाल औषधि लिमिटेडलाई निर्देशन दिएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आइतबार नेपाल औषधि लिमिटेडका अध्यक्षसहितका पदाधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर उनले विगतमा लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको भएतापनि पछिल्लो समय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढंगले काम अघि बढाउन निर्देशन दिएका हुन् ।

औषधि उत्पादनको क्षेत्र देश आत्मनिर्भर बनाउने एउटा महत्वपूर्ण क्षेत्र भएको भन्दै प्रधानमन्त्रीले तत्काल २० प्रकारका औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्ने बताए ।

औषधि लिमिटेडले हाल औषधि उत्पादनका निम्ति गरिरहेको प्रयास महत्वपूर्ण रहेको र नयाँ औषधिहरु उत्पादनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने सम्माननीय प्रधानमन्त्री प्रचण्डले बताए ।

उक्त अवसरमा औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेले हाल १० प्रकारका औषधिहरू लिमिटेडले उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000