JIN0TkF.gif
JINuGe4.gif

ड्राइभिङ लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाए पुग्ने व्यवस्था गर्न समझदारी

काठमाडौं – आगामी दशैं अगावै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने तयारी गरिएको छ । यस कार्यको लागि ३० साउनमा यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यस समझदारी अनुसार दुवै विभागले एपीआई मार्फत डेटा आदानप्रदान गरी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने छन् ।

२९ साउनमा गृह मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यको संयोजकत्वमा सरोकारवाला निकायका पदाधिकारीको उपस्थितिमा भएको निर्णय बमोजिम ३० साउनमा दुई विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारी पत्रमा राष्ट्रिय परिचयपत्रलाई ड्राइभिङ लाइसेन्सका रूपमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागले पारस्परिक सहकार्य गरी राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर (NIN-National Identity Number) प्रयोग गरी सवारी चालक अनुमतिपत्रको विवरण हेर्न तथा रुजु गर्ने प्रणालीको विकास, परीक्षण तथा सञ्चालन गर्नुपर्ने बताइएको छ ।

त्यस्तै चालकले लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रणालीबाट उपलब्ध गराएको क्यूआर कोड देखाएमा वा परिचयपत्र नम्बर भनेमा चेकजाँच गर्ने अधिकारीले सवारी चालक अनुमतिपत्रको विवरण हेर्न तथा रुजु गर्ने प्रणालीबाट चेकजाँच गरिदिनु पर्ने समेत समझदारी पत्रमा उल्लेख छ ।

महानिर्देशक रिजालका अनुसार यसका लागि आवश्यक सफ्टवेयर तयारी अवस्थामा छ । अब ट्राफिक प्रहरीले मोबाइल डिभाइस प्रयोग गरी राष्ट्रिय परिचयपत्रको क्यूआर हेरे वा त्यहाँ भएको नम्बर डिभाइसमा इन्ट्री गरे भने डिजिटल लाइसेन्स देखिनेछ ।

यसमा डेटा सुरक्षाको विषयलाई ध्यानमा राख्दै क्यूआर कोड स्क्यान गर्ने मोबाइल डिभाइस ट्राफिक प्रहरीलाई उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ । यसका लागि अहिले सरकारले बजेट नछुट्याएकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

उनका अनुसार सफ्टवेयर व्यवस्थित भई सबै काम सफलतापूर्वक पूरा भयो भने यो प्रणाली दशैं पर्व अगाडि नै प्रयोगमा आउनेछ ।

What’s your Reaction?
+1
34
+1
22
+1
0
+1
0
+1
8
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000