JIN0TkF.gif
JINuGe4.gif

ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, १ जना घाइते

काठमाडौ –  भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको दुर्घटनामा भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीकी नवीना द्यौलाको मृत्यु भएको हो । घाइते हुनेमा उनका श्रीमान् जिते द्यौला छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले बिहान सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते नवीनाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते जिते द्यौलाको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

What’s your Reaction?
+1
29
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000