JIN0TkF.gif
JINuGe4.gif

टी–२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

चितवन –  त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल काठमाडौँको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हिजोबाट सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । नेदरल्याण्ड्सले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रसिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

नेपालले यो सिरिजलाई आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ ।

आईसीसीको टी–२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया वरियताको ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा छ । त्यस्तै नेपाल १६औँ स्थानमा छ ।

What’s your Reaction?
+1
31
+1
7
+1
0
+1
0
+1
3
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000