JIN0TkF.gif
JINuGe4.gif

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै

चितवन –  टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज देखि पूर्ण सुनुवाइ सुरु हुने भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सर्वोच्चले यसअघि मंसिर ५ गते टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका १४ रिटमाथी एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश विनोद शर्माको इजलासले सो दिन आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रञ्जन सिंह, जगन्नाथ दुलाल, यज्ञमणि न्यौपानेलगायतले मंसिर १ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

What’s your Reaction?
+1
67
+1
19
+1
21
+1
23
+1
3
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000