JIN0TkF.gif
JINuGe4.gif

टिकटकले गर्‍यो अमेरिकी सरकारविरुद्ध मुद्दा दायर

चितवन –  भिडियाे शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो ।

टिकटकले अमेरिकामा आफ्ना १७ करोड जना प्रयोगकर्ता रहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी गरेको बीबीसीले जनाएको छ । यस्तै टिकटकमाथि प्रतिबन्ध लगाउँदा संविधानको समेत उल्लङ्घन हुने उल्लेख छ । कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी नगर्ने दाबी दोहोर्‍याउँदै टिकटकले चिनियाँ एप भएकै कारण प्रतिबन्ध लगाउनु गलत रहेको बताएको छ ।

टिकटकले अमेरिकी प्रयोगकर्ताको विवरणमा सुरक्षाका उपायहरू लागू गर्न दुई अर्ब डलर खर्च गरेको र त्यहाँको विदेशी लगानीबारे ९० पृष्ठको राष्ट्रिय सुरक्षा सम्झौताको मस्यौदामा प्रतिबद्धता जनाएको पनि उल्लेख गरेको छ ।

गएको अप्रिल २० तारिखमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेको छ । कानुनअनुसार अमेरिकी प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकको शेयर अमेरिकी कम्पनीलाई बेच्नुपर्नेछ ।

What’s your Reaction?
+1
24
+1
3
+1
0
+1
15
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000