JIN0TkF.gif
JINuGe4.gif

झाडीमा १ बेवारिसे नवजात शिशु फेला

बाजुरा –  त्रिवेणी नगरपालिका ४ तोली नजिकै झाडीमा एक बेवारिसे नवजात शिशु फेला परेको छ । ०८० भदौ ४ गते दिउँसो शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

स्थानीय गोठालाले बेवारिसे शिशु देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारीपछि मौरे प्रहरी पोष्टबाट खटिएको टोलीले उक्त शिशुलाई ल्याएको थियो । नवजात शिशुको टाउकोमा चोट लागेको हुँदा स्थानीय करिश्मा अयडीको जिम्मा लगाएर अछाम जिल्लाको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।

नवजात शिशु कस्ले किन झाडीमा फालेको भन्ने अहिलेसम्म कुनै जानकारी छैन प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । हाल नवजात शिशुको अवस्था सामान्य रहेको उपचारमा  जिम्मामा पठाएकी करिस्मा अयडीले बताइन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000