JIN0TkF.gif
JINuGe4.gif

जंगली च्याउ खाँदा १ को मृत्यु

घोराही –  दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जंगली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका-४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए। उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मंगलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो।

मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ। उनका श्रीमान अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ। जंगलमा भेटिएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका-४ मा एकै घरका तीन जना बिरामी परेका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000