JIN0TkF.gif
JINuGe4.gif

छुवाछुत कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई ४ महिना कैद

चितवन  – पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जातीय भेद्भाव तथा छुवाछुतसम्बन्धी कसुरमा अधिकारीलाई हिजो अदालतले सजायको आदेश गरेको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई कैद र जरिबानाको आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो । यो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ ।

यो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहे पनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । पोखरा– २४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराउनुभएको थियो । यसैगरी पीडित नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ ।

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गएको वर्ष पुस २४ मा जाहेरी दर्ता गराउनुभएको थियो । नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुनुभएको थियो ।

What’s your Reaction?
+1
24
+1
16
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000