JIN0TkF.gif
JINuGe4.gif

छात्रवृत्तिकाे १५ परीक्षा केन्द्र

काठमाडौ –  काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका आवेदकहरूलाई १५ वटा परीक्षा केन्द्र तोकिएको छ । भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यस्तै, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृति मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी, सिद्धेश्वर मावि शान्तिनगरमा पनि केन्द्र राखिएको छ ।

परीक्षा दिने विद्यार्थी ६ हजार १७ जना छन् । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि चार हजार एक सय ५५ जना छन् । त्यसपछि व्यवस्थापनमा एक हजार चार सय ८४ जना र प्राविधिक विषयका लागि दुई सय ४५ जना छन् ।

सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन् । यी तीनवटै विषयका विद्यार्थीको परीक्षा केन्द्र कुलेश्वर मावि कुलेश्वरमा राखिएको छ । २० साउन शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000