JIN0TkF.gif
JINuGe4.gif

चितुवाले आक्रमण गर्दा एक जना घाइते

काठमाण्डाै –  कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कीर्तिपुर नगरपालिका-४ को पुष्पलाल पार्क नजिकै पर्ने थापागाउँमा गएराति कुखुरा पालन गरेको ठाउँमा कुरुवा बसेका एक जनालाई चितुवाले आक्रमण गरेको हो ।  कीर्तिपुर- ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालका अनुसार चितुवा कुखुराको खोरभित्रै थुनिएको छ ।

गएको वैशाख २० गते कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा नियन्त्रणमा लिइएको थियो । यो चितुवाले गएको चैत २५ गते प्रहरी सहायक निरीक्षक (असई) लाई आक्रमण गरेको थियो । त्यसको झण्डै एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग चितुवा ठोक्किएको थियो ।

आहाराको खोजीमा चितुवा मानव बस्तीमा पस्ने क्रम बढेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000