JIN0TkF.gif
JINuGe4.gif

चितवन लगायतका जिल्लामा उत्पादित हेलेज घाँस चीन निर्यात सुरु

चितवन –  नेपालबाट पहिलो पटक चीनतर्फ ८० टन हेलेज निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मन्त्रालयका अनुसार दैनिक २० कन्टेनरले चीन पठाइने व्यवस्था गरिएको छ। नेपालबाट भारतमा स्कुस, गोलभेँडा जस्ता तरकारीहरूको निकासी लागि भारतीय पक्षसँग छलफल भई हाल ती वस्तुको निकासी सहज भएको मन्त्रालयको भनाइ छ।

यसका साथै मन्त्रालय तथा मातहतका विभिन्न कार्यालयहरूमा आयोजना भएका समीक्षा, योजना तर्जुमा बैठकहरूमा सहभागी भई आवश्यक निर्देशन दिइएको मन्त्री डा. बेदुराम भुसालले जानकारी दिए।

नेपालको चितवन लगायतका केही जिल्लामा हेलेज घाँस व्यावसायिक रुपमा उत्पादन गरिएको छ। जहाँ चिनियाँ र नेपालीहरूको समूहले हेलेज घाँस उत्पादन गरिरहेका छन्। नेपालले घाँस निर्यात गर्न सक्ने नीति गत मंसिरमा मन्त्रिपरिषदबाट पास गरिसकेको थियो।

यसैले चीन सरकारको तर्फबाट मस्यौदा बनेर आएको प्रोटोकलमा नेपाल सरकारको सुझाव समावेश गरी स्वीकृत गरिएको थियो। यसमा प्रशोधित घाँस चीन निर्यात गर्नका लागि दुई देशबीच सम्झौता गर्न बनाइएको प्रोटोकलमा सरकारले २०७८ चैत्रमा स्वीकृत गरेको थियो।

यस्तै प्रोटोकल चाइना सरकारबाट पनि स्वीकृत भएको थियो। यसअघि चीनका विदेशी मन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला नेपालबाट घाँस निर्यातबारे सम्झौता मेत भईसकेकाले निर्यातमा बाटो खुलेको हो। दुई देशबीच मापदण्डअनुसार घाँस निर्यातका लागि हस्ताक्षर गरिएको थियो।

तर तोकिएको मापदण्ड अनुसारको गुणस्तर नेपालले पूरा गर्नुपर्ने हुन्छ। घाँस निर्यात गर्नका लागि थुप्रै मापदण्ड छुट्याइएको छ।  जसमा घाँसको गुणस्तर कस्तो हुनुपर्ने, केके अवस्थामा चीनले किन्छ वा किन्दैन, भन्ने बारे नेपाल सरकार र चीन सरकारको मापदण्ड छ।

यो मापदण्ड दुवै सरकारले स्वीकृत गरेको छ। विदेश मन्त्री आएको मौकामा हस्ताक्षर भएमा चितवनमा व्यावसायिक रुपमा भएको घाँस उत्पादन निर्यात गर्न बाटो खुलेको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000