JIN0TkF.gif
JINuGe4.gif

चितवन जिल्ला अदालतमा सबै भन्दाबढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता

भरतपुर चितवन –  चितवन जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/८० मा सबै भन्दाबढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जनाएको छ ।दालतले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष सबै भन्दा धेरै सम्बन्ध बिच्छेदका १२ सय १६ मुद्दा दर्ता भएका हुन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सम्बन्ध बिच्छेदमा दर्ता भएका मध्य ९ सय ९५ फर्छ्यौट हुँदा २ सय ५७ बाँकी रहेका छन् । चेक अनादरमा ७ सय २२ मुद्दा दर्ता भएका छन् । चेक अनादरमा दर्ता भएका मुद्दा मध्य ४ सय ४ फर्छ्यौट हुँदा ३ सय १८ बाँकी रहेका छन् ।

अंश सम्बन्धि ६ सय २६ मुद्दा दर्ता भएका छन् । अंश सम्बन्धिमा दर्ता भएका मुद्दा मध्य ५ सय २४ फर्छ्यौट हुँदा १ सय २ बाँकी रहेका छन् ।

लागु औषधमा १ सय ६८ मुद्दा दर्ता भएका छन् । दर्ता भएका लागु औषधका मुद्दा मध्य १ सय २६ फर्छ्यौट हुँदा ४२ बाँकी रहेका छन् ।
यस्तै करणी सम्बन्धि १ सय ७ मुद्दा दर्ता भएका छन् । करणी सम्बन्धि दर्ता भएका मुद्दा मध्य ७२ फर्छ्यौट हुँदा ४५ बाँकी रहेका छन् ।गत आर्थिक वर्ष २०७९/८० मा ३ हजार ४ सय ३५ नयाँ मुद्दा दर्ता भएको चितवन जिल्ला अदालत शाखा अधिकृत नवराज सापकोटाले जानकारी दिनुभयो ।  उहाँले ५६ सय लगत भएको गत वर्षमा ३६ सय १३ फर्छ्यौट भएको बताउनु भयो । सापकोटाका अनुसार १९ सय ८७ बाँकी रहको छ ।

गतवर्ष चितवन जिल्ला अदालतमा ६४.५१ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट भएको अदालतले जनाएको छ ।मुख्य न्यायाधीश जितेन्द्र थापाले जनशक्ति आभावका कारण छिटो छरितो न्याय सम्पादनमा चुनौती भएको बताउनु भयो ।

उहाँले ५ सय मुद्दा बारावर १ जना न्यायधिसको आवश्यकता भएपनि चितवन जिल्ला अदालत पर्याप्त नहुदा छिटो छरितो न्याय सम्पादनमा कठिनाई भईरहेको बताउनु भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000