JIN0TkF.gif
JINuGe4.gif

चितवन–काठमाडौं चल्ने माइक्रोबस शुक्रबारदेखि बेपत्ता

चितवन –  चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस गत शुक्रबारदेखि सम्पर्कविहीन भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शुक्रबार दिउँसो साढे २ बजेतिर भरतपुरबाट छुटेको एनबी मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित माइक्रोबस बेपत्ता भएको हो ।

चितवन पुल्चोकबाट काठमाडौंका लागि छुटेको बा २ ख १३४५ नम्बर को माइक्रो बस अहिलेसम्म सम्पर्कमा नआएको समितिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए ।

माइक्रोबसमा कति यात्रु सवार थिए भन्ने बारेमा केही खुलेको छैन ।

गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीमा परी धादिङको झ्याप्ले खोलामा केही सवारी साधान पुरिएका थिए ।

सुरक्षाकर्मीले हिजो उक्त स्थानमा उद्धार तथा खोजीका क्रममा एउटा बस र एउटा विङ्गरमा सवार १४ यात्रुको शव फेला पारेको थियो ।

यस्तै, गोरखाबाट छुटेको दरौँदी यातायातको बस पनि सोही ठाउँमा पुरिएको शंका गरिएको छ ।

सुरक्षाकर्मीले उद्धारका क्रममा आज बिहान सोही स्थानबाट थप तीनवटा शव फेला पारेको छ । सो शव दरौँदी यातायातको हुनसक्ने प्रहरीको अनुमान छ ।

What’s your Reaction?
+1
49
+1
0
+1
27
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000