JIN0TkF.gif
JINuGe4.gif

चितवनमा सुपथ मूल्य पसल सञ्चालनमा

भरतपुर चितवन –  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि चाडपर्वलक्षित सस्तो पसल सञ्चालनमा ल्याएको छ । आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले रिबन काटेर पसलको शुभारम्भ गरेका हुन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मंसिर ३ गतेसम्म चल्ने पसलबाट विशेषरुपमा खाद्यान्न बिक्री हुने कर्पोरेसनका कार्यालय प्रमुख बुद्धिविनोद दाहालले बताए । ‘दसैँ, तिहार र छठ पर्वकेन्द्रित गरेर हामीले हरेक वर्ष सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएका छौँ’, उनले भने, ‘हाललाई कर्पोरेसनको कार्यालय परिसर र चितवन उद्योग संघ परिसरमा यो पसल सञ्चालन गरेका छौँ ।’

कर्पोरेसनको केन्द्रीय कार्यालयले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने हुँदा जिल्लामा तोकेभन्दा बढी स्थानमा पसल सञ्चालन गर्न नसकिने उनले बताए । ‘त्यसैले आमउपभोक्तालाई हामीले चाहेर पनि कार्यालय परिसरभन्दाबाहिर गएर सेवा दिन सकिरहेका छैनौँ’, उनले भने ।

पसलमा नुन, तेल, चामल, चिउरा, गेडागुडी, चियापत्तीलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध छन् । चिनी भने यसवर्ष दसैँअघिसम्म आउने सम्भावना कम रहेको उनले बताए । ‘जिल्लाबाट केन्द्रीय कार्यालयमा माग गरिरहेको हुँदा जतिसक्दो चाँडो पठाइदिन भनेका छौँ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी थापाले साल्ट ट्रेडिङले जिल्ला–जिल्लामा कार्यालय राखेरै भए पनि सेवा दिँदै आउनु आफैँमा राम्रो काम भएको बताए । तर, बजारमा माग बढी भएकै वस्तु नपाउनु सेवाग्राहीमैत्री नभएको हुँदा जतिसक्दो चाँडो चिनी ल्याउन कार्यालय प्रमुख दाहाललाई निर्देशन दिए ।

‘कर्पोरेसनले चालेको कदमलाई जतिसक्दो सहज र सरल बनाउन मेरो आग्रह छ’, प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘बजारमा वस्तु अभाव हुँदा पनि साल्ट ट्रेडिङको पसलले केही माग धान्न सक्ने हुँदा कुनै पनि वस्तुको अभाव हुन नदिने गरी काम गर्न मेरो अनुरोध छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000