JIN0TkF.gif
JINuGe4.gif

चितवनमा रवि लामिछानेसँग आज पनि बयान जारी

चितवन– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बिहान ९ बजेदेखि बयान भइरहेको हो । हिजो दिउँसो १ देखि ४ बजेसम्म नसकिएपछि आज पनि बयान लिइएको हो ।

चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि बयान भइरहेको हो ।

तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसँग यसअघि कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी मुद्दा रहेको छ । उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

What’s your Reaction?
+1
34
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000