भरतपुर चितवन – रास्वपा का सभापति रवि लामिछानेको पक्राउविरूद्ध चितवनमा सोमवार प्रदर्शन गरिएको छ ।
आफ्ना पार्टीका सभापतिलाई प्रहरीले हिरासतमा लिएपछि निसर्त रिहाइको माग गर्दै नारायणघाटमा सोमबार प्रदर्शन गरिएको हो ।
रास्वपा चितवनले सरकार मरेपछि जनतालाई जुठो परेको भन्दै किरियासमेत गरेको छ । ‘सरकार म¥यो, जुठो पर्यो’ भन्दै सेतो कपडाको टालोले टाउको बाँधेर आन्दोलन गरेका रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको शव नै बनाएर नारायणी नदीको पुलबाट नदीमा खसालिदिएका थिए । शङ्ख बजाउँदै शवयात्रा गरेका उनीहरुले यो आन्दोलन सङ्केतमात्रै भएको बताएका छन् ।
‘राजनीतिक प्रतिशोधका लागि निर्दोष व्यक्तिलाई जबर्जस्ती दोषी करार गर्न खोजिएको रास्वपा का कार्यकर्ताहरुको भनाइ रहेको थियो
वास्तविक सहकारी ठगहरुलाई संरक्षण गर्नका लागि रवि लामिछानेलाई जबर्जस्ती सहकारी ठग बनाउन खोजिएको र नयाँ शक्तिको रुपमा उदाउँदै गरेको रास्वपासँग डराएकै कारण कांग्रेस र एमाले मिलेर रास्वपाका सभापति लामिछानेलाई सिध्याउने योजना बनाएको त्यहा उपस्थित कार्यकर्ताहरुको भनाइ थियो।
आन्दोलनकारीले नेपाली कांग्रेसका नेता धनराज गुरूङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेल वास्तविक सहकारी ठग भएकोसमेत दाबी गरेका छन् । निलो आन्दोलन सुरू भएको भन्दै उनीहरुले सत्ताको आडमा आफ्ना नेतालाई जोगाउने खेलमा लागेको बताएका छन् । आन्दोलनकारीले नाराबाजी गर्दै कांग्रेसका नेता गगन थापासँग प्रमाणसमेत माग गरेका छन् ।
‘भ्रष्टाचार र बेथितिको विरोधमा जोकसैले आन्दोलन गरे पनि सहयात्री बन्नुपर्छ’, आन्दोलनमा सहभागी यमलाल भण्डारीले भने, ‘आज यहाँ रास्वपाका कार्यकर्ता धेरै होलान् तर कोही पनि झन्डा बोकेर आएका छैनन्, स्वतन्त्ररुपमा आएका छन् ।’ र यदि रवि लामिछाने दोषी प्रमाणित हुन्छन भने तत्काल कारबाही गर्नसमेत उनले माग गरेका छन् ।