JIN0TkF.gif
JINuGe4.gif

चितवनमा बाधको आक्रमणबाट १ को मृत्यु

चितवन –  खैरहनी नगरपालिकाको घोग्रेलामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको पहिचान भने हुन सकेको छैन ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कुमरोज मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष उज्ज्वल बर्तौलाका अनुसार बाघले मान्छेलाई आक्रमण गरेर मारेको भए पनि परिचय खुलेको छैन ।

बाघ नियन्त्रणका लागि अहिले हात्तीसहितको टोली परिचालन गरिएको छ । जिपिएस जडान गरिको सो बाघलाई डार्ट गरेर आजै नियन्त्रणमा लिने गरी टोली परिचालन गरिएको बनका कोषाध्यक्ष बर्तौलाले बताए । सो बाघले तीन दिनदेखि आतंक मच्चाउँदै आएको थियो ।

आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिन चितवन निकुञ्जलाई पटकपटक जानकारी गराए पनि तत्काल नियन्त्रणको प्रयास नहुँदा एक जनाले अकालै ज्यान गुमाउनु परेको वनका कोषाध्यक्ष बर्तौलाले बताए । कुमरोजमा प्रत्येक वर्ष बाघको आक्रमणबाट १र२ जनाको ज्यान जाने गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000