JIN0TkF.gif
JINuGe4.gif

चितवनमा बढ्यो चिनीको मुल्य

चितवन –  चितवनको बजारमा चिनीको मूल्य फेरि बढेको छ । हाल उपभोक्ताले प्रतिकिलो एक सय रूपैयाँमा चिनी खरिद गरिरहेका छन् । व्यवसायीहरु चिनी अब प्रतिकिलो खुद्रा मूल्य नै एक सय १० रूपैयाँसम्म पुग्ने बताउँछन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चिनीको मूल्य घटेर प्रतिकिलो ९० रूपैयाँमा (खुद्रा) आएको थियो । साउनदेखि खाद्यवस्तुमा भएको भन्सार वृद्धिसँगै चिनीको मूल्य बढेको किराना व्यवसायी संघ चितवनले जनाएको छ । संघका अध्यक्ष हरिराज पौडेलका अनुसार एक बोरा चिनीको मूल्य ४९ सय पुगेको छ । एक बोरामा ५० किलो हुन्छ ।

‘उद्योगीहरुले पर्याप्त चिनी नै दिएका छैनन्, थोरै परिमाणमा चिनी आइरहेको छ । किलोको ९५ रूपैयाँ उद्योगीहरुले होलसेल बिक्रेताहरुलाई लगाइरहेका छन्’ अध्यक्ष पौडेलले भने, ‘त्यसमा ढुवानी खर्च, लोड अनलोड जोड्दा किलोको ९८ रूपैयाँ होलसेल बिक्रेताको पर्छ ।’ उनले अब खुद्रा व्यवसायीबाट उपभोक्ताले चिनी खरिद गर्दा कम्तीमा किलोको १०५ रूपैयाँ पर्ने बताए । उनले भने, ‘पुरानो चिनी स्टकमा राख्नेहरुले प्रतिकिलो एक सय रूपैयाँमा बेचे होलान्, तर अब नयाँ चिनी खरिद गर्नेले एक सय रूपैयाँमा बेच्न सक्दैनन् ।

किराना व्यवसायी संघका अनुसार गत जेठ १५ अघिसम्म चिनीको होलसेल मूल्य प्रतिकिलो ८४ रूपैयाँभन्दा कम थियो । उपभोक्ताले प्रतिकिलो ८८ रूपैयाँसम्ममा चिनी खरिद गरिरहेका थिए ।

‘ढुवानीसहित हिसाब गर्दा अब साना किराना व्यवसायीलाई प्रतिकिलो १००रूपैयाँ चिनीको मूल्य पर्छ, उनीहरुले प्रतिकिलो पाँच रूपैयाँ नाफा राख्दा पनि प्रतिकिलो चिनीको मूल्य १०५ सजिलै पुग्छ’ अध्यक्ष पौडेलले भने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000