JIN0TkF.gif
JINuGe4.gif

चितवनमा डेँगु संक्रमणको जोखिम बढ्दै

पछिल्लो समय चितवनमा डेँगु संक्रमणको जोखिम बढ्दै गएको छ । चालु आर्थिक बर्षको १७ दिनमा रत्ननगर नगरपालिकामा ५ जनामा डेँगु संक्रमण देखिएको छ । उक्त अबधिका तीन जना पुरुष र दुई जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्लाका सातवटा पालिका मध्ये चार वटा पालिकामा चालु आर्थिक महिनाको १७ दिनमा ३४ जनामा डेँगु संक्रमण देखिदा रत्ननगरमा मात्रै पाँच जनामा संक्रमण पुष्टि भइको हो । माडी,कालिका र इच्छाकाममा डेँगुका संक्रमित विरामी भेटिएका छैनन् । डेँगु संक्रमितको संख्या बढ्दै गएको भन्दै रत्ननगर नगरपालिकाले सचेत रहन नगरबासीहरुलाई आग्रह गरेको छ ।

राती सुत्दा झु लगाएर सुत्न,घर आगन सरसफाई गर्न र पानी जम्न नदिन आग्रह गरिएको मेयर प्रलाद सापकोटाले बताए । रत्ननगरमा पाँच जना संक्रमित हुँदा भरतपुरमा ७ जना, खैरहनीमा ३ जना, राप्तीमा १ जना, ठेगाना खुल्न नसकेका ६ जना र अन्य जिल्लाबाट उपचारको लागि चितवन आएका १२ जना गरी ३४ जनामा डेँगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसबीच रत्ननगर नगरपालिकाले आउदो शुक्रबार डेँगु नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाउने तयारी गरेको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000