JIN0TkF.gif
JINuGe4.gif

चलचित्र ‘फर्की–फर्की’ को शुभमुहूर्त, मङ्सिर ११ गतेदेखि फ्लोरमा

चितवन  –  नेपाली कथानक चलचित्र  ‘फर्की फर्की’ को ललितपुरको बगलामुखी मन्दिरमा शुभमुहूर्त भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनीत दृश्यको छायाङ्कन गरिएको हो ।

चलचित्र प्रेम कथानक भए पनि अघिल्ला भन्दा फरक छ र प्रेममा आएको नयाँपनलाई प्रस्तुत गरिएको अभिनेता केसीले बताए ।

निर्देशक सुयोग गुरुङले अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने जानकारी दिए । उनले भने, ‘युवापुस्ताले खोजिरहेको विषयमा उनीहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु । यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ ।’

चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नेछन् ।

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछ भने किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।

चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले जानकारी दिए ।

What’s your Reaction?
+1
23
+1
15
+1
0
+1
0
+1
21
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000