JIN0TkF.gif
JINuGe4.gif

घट्यो सुनको मुल्य

चितवन –  आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियाे।

अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतारचढाव आएको थियो ।

यस्तै, अहिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ ।

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको एक हजार ५ सय ४५ रुपैयाँसम्म पुगेको थियो । अस्ति शुक्रवार भने चाँदीको भाउ एक हजार ४ सय ६० रुपैयाँ थियो ।

What’s your Reaction?
+1
24
+1
5
+1
0
+1
3
+1
9
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000