JIN0TkF.gif
JINuGe4.gif

ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु

चितवन  –  ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सोमबार दिउँसो १२ः०० बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएको मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

ग्यास सिलिण्डर पड्किँदा बारा, निजगढ नगरपालिका–५ बस्ने ४५ को सूर्यबहादुर थापा, सामुदायिक प्रसूति गृह अस्पताल निजगढमा, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–९ बस्ने वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, सोही ठाँउ बस्ने वर्ष २० को रितु रजत, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, भारत, गवाई बस्ने वर्ष ३५ को राकेश जयसवाल र भारत, रामघडवा वर्ष २० को अरविन साह, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचार भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000