JIN0TkF.gif
JINuGe4.gif

गुजरातले चेन्नईलाई ३५ रनले हरायो

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । गएराति भएको खेलमा ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले सहजै जित निकाल्यो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गिलले एक सय ४ तथा सुदर्शनले एक सय ३ रन जोडे । त्यस्तै डेविड मिलरले अविजित १६ रन बनाए । अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेटको क्षतिमा दुई सय ३१ रन बनाएको थियो । जितका लागि दुई सय ३२ रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ९६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका ड्यारील मिचेलले सर्वाधिक ६३ रन तथा मोइन अलिले ५६ रन जोडे । महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए । जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई समान १२ खेलमा १२ अङ्कमा साथ चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज कोलकता नाईट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।

What’s your Reaction?
+1
32
+1
7
+1
3
+1
5
+1
11
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000