JIN0TkF.gif
JINuGe4.gif

गाडीको ठक्करबाट दुई जनाको मृत्यु

चितवन – मकवानपुरमा गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै ठाउँमा भएको घटनामा दुई जनाको ज्यान गएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हेटौँडा उपमहानगरपालिका–३ मा ना १ ज ७५६० नम्बरको भ्यानले ठक्कर दिँदा हेटौँडा–१२ बनस्पति बस्ने श्यामबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै मनहरी गाउँपालिका–६ नयाँ बजारमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । ना ५ ख ७७२१ नम्बरको ट्रकले बाग्मती प्रदेश ०३–००४ प ६९७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक हेटौँडा–८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको उपचारका क्रममा चितवनमा गए राति ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयाे ।

What’s your Reaction?
+1
11
+1
0
+1
29
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000