JIN0TkF.gif
JINuGe4.gif

गणतन्त्र उल्ट्याउने सपना नदेख्न प्रधानमन्त्रीको चेतावनी

चितवन  –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपाल संवत् मूल समारोह समितिले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने चेतावनी दिए ।

उनले गणतन्त्र उल्टाउन दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने बताए । पराजित भइसकेका सामन्तीहरूले अन्तिमपटक टाउको उठाउन खोज्ने भन्दै प्रचण्डले अहिले पनि त्यही कोसिस भइरहेको बताए । ‘आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन् । हजारौँले जेलनेल भोगेका छन् । लाखौँ जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो । तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ प्रचण्डले भने, ‘संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन् । अहिले पनि त्यही कोसिस हुँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ । यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’

व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने उनले बताए । ‘एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दै छन् । उनीहरूको संस्कार के हो ? लोकतन्त्र कस्तो थियो ? भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौँ । लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला । तर, व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौँ,’ उनले भने ।

प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्नेमा जोड दिए । ‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौँ । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्छ,’ उनले भने ।

What’s your Reaction?
+1
16
+1
6
+1
2
+1
43
+1
1
+1
7
81025400
hulash
Register-Now-20241122-105401-0000