चितवन – डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको स्थानीय लम्खेती गाडमा डुबेर मृत्यु भएको हो ।
गाउँकै तल रहेको लम्खेती गाडमा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए। मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरा लगिएको अस्थायी प्रहरी पोस्ट बडालले जनाएको छ ।
What’s your Reaction?
+1
11
+1
+1
59
+1
+1
+1










