JIN0TkF.gif
JINuGe4.gif

क्रिकेट रंगशालामा सरसफाइ अभियान सुरू

भरतपुर चितवन –  लामो समयदेखि अलपत्र अवस्थामा रही काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सरसफाइ सुरू गरिएको छ । शुक्रबार भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरू गरेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा अहिले काँसघारीले भरिएको छ ।

तीन अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने गरी धुर्मुस –सुन्तली फाउन्डेसनले २०७५ सालमा क्रिकेट रंगशाला निर्माणको थालनी गरेको थियो । ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड रुपैयाँ ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर २०७८ पुसमा कामबाट हात झिकेको थियो । त्यसयता रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।

अहिले नेपाल सरकारले उक्त रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरेको छ । त्यसअघि बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रंगशाला बनाउने निर्णय गरेका थिए । सरकारका तीनवटै निकायले रंगशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रंगशालामा सरसफाइ अभियान सुरू गरिएको छ । शुक्रबारको सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियान्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

सरसफाइ अभियानमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रंगशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् । उनले राष्ट्रिय गौरवमा परेपछि अब बजेट अभाव नहुने र रंगशाला निर्माणलाई तीव्रता दिन महानगरपालिकाले आफ्नो तर्फबाट सम्पूर्ण शक्ति लगाउने बताइन् ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब स्थानीय सरकार र स्थानीयहरुले पनि यसलाई अपनत्व सम्झेर सहयोग गर्नुपर्ने बताए ।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनु पर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि भइरहने गरी काम अघि बढाउनुपर्ने धारणा राखे । स्थानीयहरुले पनि अब रंगशाला बन्नेमा ढुक्क बनेको प्रतिक्रिया दिएका छन् ।

What’s your Reaction?
+1
32
+1
60
+1
0
+1
7
+1
27
+1
20
81025400
hulash
Register-Now-20241122-105401-0000