JIN0TkF.gif
JINuGe4.gif

कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटियो

काठमाडौ –  कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले यो माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो ।

कोशी नदीमा भेटिएको र आसपासका नदीमा पनि पाइन सक्ने अनुमान गरिएको माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि अनुसन्धानकर्ताको भनाइ छ । अनुसन्धानकर्ता मध्येका एक लिम्बूका अनुसार माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरिएको थियो ।

नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । महत्त्व थाहा नहुँदा दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेकोसमेत पाइएको छ । लोपउन्मुख माछा संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा अनुसन्धानकर्ताको जोड छ ।

What’s your Reaction?
+1
24
+1
11
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000