JIN0TkF.gif
JINuGe4.gif

कोलकाताले जित्यो आईपिएलको उपाधि

चितवन –  इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आईपिएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।

हैदराबादले दिए एक सय १४ रनको लक्ष्य कोलकाताले १०. ३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । कोलकाताका लागि वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए ।

त्यस्तै रहमानउल्लाह गुरबाज ३९, सुनील नारायण ६ रन बनाउँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे । हैदरावादका लागि प्याट कमिन्स र शाहबाज अहमदले एक/एक विकेट लिए ।

यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै एडेन मार्करामले २०, हेनरिक क्लासेन १६, नितिश कुमार रेड्डीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्न कोलकताका आन्द्रे रसेलले तीन, मिचेल स्टार्क तथा हर्षित राणाले दुई/दुई विकेट लिए ।

 

What’s your Reaction?
+1
59
+1
16
+1
0
+1
0
+1
23
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000