JIN0TkF.gif
JINuGe4.gif

केटीको फेक आईडी बनाई ब्लाकमेल गरेको आरोपमस चितवनबाट ३ जना पक्राउ

भरतपुर चितवन  –  केटीको फेक आईडी बनाई सामाजिक संजाल मार्फत ब्लाकमेल गरी फिरौती रकम माग गर्ने ३ जना पक्राउ परेका छन।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

केटीको फेक फेसबुक अकाउन्ट बनाई विभिन्न पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाई पुरुष व्यक्तिसँग भिडियो कल गरी झुक्याई गोप्य फोटो तथा भिडियोलाई स्क्रिन रेकर्ड तथा स्क्रिन सट गरी उक्त फोटो तथा भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदीएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्दिन्छु भनि फिरौती रकम मागेको आरोपमा चितवनको भरतपुरबाट ३ जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगारपालिका वडा नं. १३ बस्ने वर्ष २० को प्रवेश रिमाल,  सिराहा लाहान नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १९ को युनिक सिंह, कास्की पोखरा महानगरपालिका वडा नं. २९ बस्ने वर्ष २२ को अनुराग घिमिरे रहेका छन।

जिल्ला प्रहरी कार्यलय चितवनबाट पुस ०४ गते दिउँसो ४ बजेको समयमा खटिएको प्रहरी टोलीले भरतपुर १६ बाट उनिहरुलाई पक्राउ गरेको हो।

उनिहरुको साथबाट फिरौती लिएको रकम रु. ७६,०००।–, मोवाईल थान -४ समेत साथबाट बरामद गरीएको र अझ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
102
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000