JIN0TkF.gif
JINuGe4.gif

कावासोतीमा स्कूल बसको ठक्करबाट २२ महिने बालकको मृत्यु

चितवन –  नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक जना बालकको ज्यान गएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कावासोती १ छहारी चोक भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोकमा आज विहान गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले कावासोती १ छहारी चोक निवासी यम पौडेलका छोरा २२ महिने बालक सम्राट पौडेललाई ठक्कर दिएको हो ।

कोइलापानीबाट स्कूल बसले बालबालिकालाई स्कूल ल्याउँदै गर्दा सडकमा खेली रहेको बालकलाई स्कूल बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

त्यसैगरी गएराति कावासोती ३ पुरानो कावासोतीमा मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बा. प्र. ०२–०४९ प २६६६ नम्बरको मोटरसाइकल र ना ३८ प ७९१६ नम्बरको स्कुटी ठक्कर खाँदा ३ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाँकेको खजुरा २ निवासी २७ बर्षीय सन्जु विक, स्कुटी चालक कावासोती १४ त्रिभुवनटार निवासी ४० बर्षीय राधा महतो र स्कुटी पछाडी सवार २९ बर्षीय जमुना थापा घाइते भएका हुन् । उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

What’s your Reaction?
+1
39
+1
0
+1
27
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000