चितवन – कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गए राती साढे ३ बजे कावासोती नगरपालिकाको वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क।प्रदेश ०२–००१ ख ०७३७ नं।को बस र विपरीत दिशामा गुडिरहेको म।प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १४ बस्ने १९ वर्षीय ललित थापा, सोही ठाउँका २४ वर्षीय सञ्जय थापा, मकवानपुर बागमती गाउँपालिका ।५ का २५ वर्षीया मोनिका वि।क। र बारा आदर्श गाउँपालिका २ का २६ वर्षीय नरेन्द्र पटेल घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादु्र पौडेलले जानकारी दिए । घाइतेहरूको मध्य विन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुवै बसका चालक र बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।