JIN0TkF.gif
JINuGe4.gif

काठमाडौ उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि

चितवन –  काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

 बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं.६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो । 

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो । ढोकासँगै रहेका यात्रुले खोलेको बताइएको छ । यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ । 

सँगै यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन् । ढोका के कारणले खुलेको हो भन्ने चेकजाँचपछि मात्रै वास्तविक थाहा हुनेछ ।

What’s your Reaction?
+1
34
+1
0
+1
4
+1
24
+1
9
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000