JIN0TkF.gif
JINuGe4.gif

कांग्रेस नेता एवम् पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

चितवन –  जिल्ला अदालत रौतहटले कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले हिजो अफतावसहित उनका भाइ महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला सुनाएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति राजपुरको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलमसहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।

त्यही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए । थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

यही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अरु छ जनाको मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।

What’s your Reaction?
+1
39
+1
12
+1
0
+1
8
+1
6
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000