JIN0TkF.gif
JINuGe4.gif

कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । हिजो बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले सुरुवाती दुई सेटमा अग्रता बनाए पनि लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौँ सेटमा लम्बिएको थियो । अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो ।

त्यसअघि शुरुको दुई सेट कर्णाली २५–१७, २५–२० ले जितेको थियो । सलिना श्रेष्ठ कप्तानीमा रहेको ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २८–१८ ले जित्यो । कर्णालीले लिग चरणमा पनि ललितपुरलाई हराएको थियो । ललितपुरले हारेको कर्णालीसँग मात्र हो ।

कर्णालीले अपराजित रहँदै उपाधि प्राप्त गर्‍याे। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेकामा शीर्ष दुई टोली फाइनल पुगेका थिए

What’s your Reaction?
+1
22
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000