JIN0TkF.gif
JINuGe4.gif

एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दै

चितवन –  १९औँ एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दैछन् । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा नेपाली समय अनुसार बिहान पौने ७ बजे शुरु हुँदैछ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नेछन् । नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो । कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एकदिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000