JIN0TkF.gif
JINuGe4.gif

एसइई परिक्षा चैत १५ गतेदेखि

चितवन –  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) १५ चैतदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आइतबार बसेको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बोर्डका अध्यक्ष महाश्रम शर्माले होली पर्वका कारण केही दिन धेकेलिए पनि नियमित क्यालेन्डरअनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए ।

बोर्डले तयार पारेको वार्षिक कार्यतालिकाबमोजिम चैतको पहिलो सातादेखि परीक्षा सञ्चालन हुनुपर्ने थियो ।

त्यस्तै, बोर्डले कक्षा ११ र १२ का लागि ग्रेडवृद्धि फाराम भर्न र भराउन विद्यार्थी र विद्यालयहरूलाई निर्देशन दिएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीले १५ फागुनसम्म विलम्ब शुल्कसहित बोर्डले तोकेको ढाँचामा फारम भर्नुपर्नेछ ।

What’s your Reaction?
+1
122
+1
21
+1
9
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000