JIN0TkF.gif
JINuGe4.gif

एशिया कप: सुपर फोरको अन्तिम खेलमा बङ्लादेशसँग भारत ६ रनले पराजित

चितवन –  एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हिजो भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भएको हो ।

जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए ।

त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २/२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बङ्लादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाए । तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेले ।

भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ । फाइनल खेल भोलि हुनेछ । पाकिस्तान र बङ्लादेश सुपर फोरबाट तथा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000