JIN0TkF.gif
JINuGe4.gif

एनपीएल” मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार उपहार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा ग्रुपले बिजुली कार उपहार दिने घोषणा गरेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ ले पुरस्कार स्वरूप ओमाेडा ई-५ कार पाउने भएका हुन् ।

नेपाली बजारमा याे कारकाे मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । योसँगै एनपीएलमा अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइको सहप्रायोजक बनेको छ ।

राजधानीमा मङ्गलबार आयोजित एक कार्यक्रममा क्यान र ओमोडाको आधिकारिक विक्रेता एसजीपी अटोमोबाइल्सबीच यसबारे सम्झौता गरियो । सम्झौतापत्रमा क्यानका सचिव पारस खड्का र एसजीपी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे ।

ओमोडा एन्ड जेइको नेपालका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

What’s your Reaction?
+1
49
+1
27
+1
0
+1
0
+1
21
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000